logo
  • शनिबार, असोज १० २०८३

जेष्ठ नागरिक मिलन केन्द्र दीगो सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्छ : सरोकारवाला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

यमलाल भुसाल, बुटवल १४ ।
रुपन्देहीको तिलोत्तमामा साढे चार करोड बढी लगानीमा बनेको जेष्ठ नागरिक मिलन केन्द्रको दीगो सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने सरोकारवालाले बताएका छन् । जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा श्रृंगेश्वर धाममा गुल्मेली सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वर धाम, रेसुङ्गा अलौकिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्नेहरुले उक्त विचार व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने र नियमित वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले चाडपर्वहरुले सबै समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, श्रृंगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थ, खेम ओमी प्रतिष्ठानकी सरिता श्रीस, जेपी कंडेल, समाज सेवी हरि पौडेल, वरिष्ठ पत्रकार खिमानन्नद भट्टराई कृष्णप्रसाद पोखरेल,डा. जीवलाल सापकोटा,टंक पोखरेल,लालहरि पाण्डे, कोषबहादुर बस्नेत,हरि कंडेलले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend