logo
  • शनिबार, असोज १० २०८३

दुई दशकदेखि बंगुरपालमा रमाएका चक्र बहादुर वार्षिक साढे चारलाख कमाउँछन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी असोज १४ ।
गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेका ४९ बर्षीय चक्र बहादुर घर्ति मगर बिहान सवेरै उठ्छन् । उनी सानैदेखि श्रमजिबी हुन् । अहिले झन् जनप्रतिनिधी भएका छन् । उनी बिहान उठेदेखि राति अवेरसम्म निकै व्यस्त छन् । घर्तिमगरले बंगुरपालन गर्न थालेका दुई दशक बढि भए ।

उनको फर्ममा ३० माउ र पाठापाठी छन् । केहि समय पहिले ५० बटासम्म बंगुर पाले । उनले ०७० सालमा फर्मनै दर्ता गरेर व्यावसायीक रुपमा बंगुरपालन गरेका छन् । उनले पछिल्लो समय बगुंरको मासु बिक्री हुन छोडेपछि कम पाल्न थालेका छन् । अहिले बंगुरको बजार मुल्य प्रतिकिलो चार सय र पाठापाठीको पाँच हजारदेखि ६५ सय रुपैयाँ पर्छ ।

चोक्कर, ब्राण्ड र प्लेट दाना खुवाउनुपर्ने भएकाले खर्च पनि उत्तिकै रहेको छ । बंगुर जन्मिएको आठ÷नौ महिनामै कम्तिमा एक सयदेखि डेढ सय किलो हुने गर्दछ । त्यसैले समयमै बिक्री गर्नुपर्ने उनीसंगै चुनौती रहेको छ । गाउँ र तम्घासमा मासु बिक्री गर्ने गरेको घर्तिमगरले बताए । उनले बर्षमा खर्च कटाएर चारदेखि साढे चार लाख आम्दानी गर्ने गरेका छन् ।

बंगुरसंगै मेडिकल र मील पनि गर्दै आएका छन् । उनले समयकम कारण अहिले मेडिकललाई कम प्राथमिकता दिन थालेका छन् । बिहानदेखि साँझसम्म कुटानी पिसानी गर्नेहरुको पनि राम्रो उपस्थिती हुने गरेको छ । उनको परिश्रम अनुसार छोराछोरीले पनि राम्रै गरेका छन् । ठुली छोरी स्टाफ नर्स छन् ।

छोराले फार्मेसी अध्ययन सकेर बसेका छन् । भर्खरै वडा सदस्यमा निर्वाचित घर्तिमगर गाउँका सामाजिक काममा उत्तिकै व्यस्त छन् । भुगोल अनुसार साविकका तीन वडा हेर्न पर्ने र वडा तथा गाउँपालिका धेरै टाठा भएकाले काममा नागरिकसंगै जनप्रतिनिधीलाई समेत सास्ती भएको घर्तिमगरले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend