logo
  • शनिबार, असोज १० २०८३

पशु स्वास्थ्य समस्या बुझ्न विज्ञ केन्द्र गाउँ-गाउँमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी असोज ९ ।
छत्रकोट गाउँपालिका ६ दौघामा पशु स्वास्थ्य चेकजाँच, उपचार, परामर्श तथा औषधि वितरण गरिएको छ । शिविरमा पशुले बाली नखोज्ने, उल्टीरहने, उपिँया लाग्ने, खानामा अरुचि गर्ने र कुखुराको ठेउला आदि समस्या लिएर किसान आएका थिए ।
एक सय ६१ जना कृषकका गाई, भैँसी, बाख्रा र कुखुराको उपचार गरिएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए । यो आर्थिक बर्षमा छत्रकोटसहित तीन वटा कार्यक्रम रहको काफ्लेले बताए । त्यस्तै किसानकोमा घरदैलो कार्यक्रम अन्तरगत पशुको बाँझोपन निवारण कार्यक्रम पनि रहेको छ ।

बिज्ञ केन्द्रले कार्यक्रमहरू स्थानीय तहसँग समन्वय गरेर गर्ने भएकाले स्थानीय तहको पशु सेवा शाखामा गएर आफ्नो बाँझो पशुको समस्या बताउन डाक्टर काफ्लेले कृषकलाई आग्रह गरे । छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले आफुहरु नागरिकका सबैखाले समस्यासंग नजिक भएर काम गर्ने बताइन । सोही अवसरमा पालिकाले कृषि र पशु क्षेत्रमा गरेका कामको बारेमा जानकारी दिएकी थिइन् ।

शिबिरमा बिज्ञ केन्द्रका प्रमुख डा. भरत काफ्ले, डा. मदन भण्डारी, प्राविधिक भरत गिरी, विष्णू घिमिरे र समिप खड्का एब छत्रकोट गाउँपालिकाका पशु सेवा शाखाबाट टेक बहादुर खनालद्वारा प्राविधिक सहयोग दिइएको थियो । कार्यक्रममा वडाअध्यक्ष नारायण रेश्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend