logo
  • शनिबार, असोज १० २०८३

फिल्म सोसाईटी अमेरिकाद्वारा कलाकार महादेव त्रिपाठीको बिरामी बुहारीलाइ ५ लाख आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

काठमाडौं, ८ असोज । हास्य कलाकार महादेव त्रिपाठीको छोरा सनम राजको श्रीमती केहि समय अघि मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा छिन। ठुलो दुर्घटनामा परेकी उनीलाई उपचार गर्न धेरै रकम समेत आवश्यकता परेको र पिडित परिवार अतिनै दयनीय अवस्थामा रहेको र हास्य कलाकार महादेव त्रिपाठीले आर्थिक कठिनाइ भोगिरहेको हुँदा नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले अध्यक्ष नबराज श्रेष्ठको संयोजकत्वमा गो फन्ड संचालन गरि नेपाली रुपयाँ जम्मा रु. पाँच लाख पाँच हजार (५०,५०००) संकलन गरि कलाकार महादेव त्रिपाठीलाइ हस्तान्तरण गरेकोछ।

नेपाल फिल्म सोसाईटीका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अभिनेता कृष्ण मल्ल, वरिष्ट निर्देशक उज्जवल घिमिरे, नेपाल फिल्म सोसाईटी महासचिव राजेश बिशुराल र नेपाल फिल्म सोसाईटीको सदस्य दुर्गा बिसुरालले फिल्म सोसाइटिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी हास्य कलाकार महादेब त्रिपाठीलाइ उक्त रकम हस्तान्तरण गरिएको हो।

उक्त गोफण्ड अभियानमा सुनिल पाठक अल स्टेट इन्स्योरेन्स कम्पनि, डिक्की शेर्पा, शेर्पा हाउस गोल्डेन र कृष्ण सुनारले सबै भन्दा बेसी सहयोग गरेका थिए भने सम्पूर्ण अन्य सहयोगी दाताहरु सहित सम्पूर्णलाइ समेत नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठले धन्यवाद प्रकट गरेका छन्।

नेपाल फिल्म सोसाइटी अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले भुकम्प, कोभिड, बाडीपिडित देखि कलाकार, अनाथ दुखिलाइ सदैब सेवा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend