साझा नेटवर्क
बुटबल, ०८ असौज । श्रीकृष्ण नेत्रालय प्रा.लि. बुटबल शाखाले निःशुल्क आँखा जाँच गरिरहेको छ । कोही पनि मानिसहरु आँखाका बिरामी नहोउन वा आँखाका बिरामी पनि निको होउन भन्ने उदेश्यले असौज महिनाभरी निःशुल्क आँखा जाँच गर्ने निर्णय गरिएको व्यवस्थापन आमद सिङले बताए । असौज १ देखि ३१ गतेसम्म हुने जाँचमा मधुमेह तथा उच्च रक्तचाप भएका सबै बिरामीहरुको आँखाको पर्दा निःशुल्क रुपमा जाँच गरिने सिङले बताए । उक्त अवधिभर डाक्टर रोसिजा खनाल, डाक्टर एसपी धिताल, डाक्टर सल्मान केसी, डाक्टर सरस्वती पाण्डे लगायतको समुहले आँखाको जाँच गरी उचित परामर्श दिने नेत्रालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend