logo
  • शुक्रबार, असोज ९ २०८३

कोसीमा डुंगा पल्टिँदा अझै १० जना बेपत्ता, खोजी कार्य जारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुनसरी, असोज २।
सुनसरी जिल्लाको कोसी नदीमा डुंगा पल्टिँदा हराएकाको खोजीकार्य भइरहेको छ । शनिबार सुनसरी प्रकाशपुरको श्रीलंका टप्पुबाट अन्दाजी ६२ जना यात्रु बोकेर प्रकाशपुर बजारका लागि छुटेको डुंगा पल्टिएको थियो ।

डुंगा डुबे लगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए। स्थानीय गाउँलेले दिएको जानकारी अनुसार, बेपत्ता हुनेमा ४ जना बालिका, पाँच जना महिला र एक डुंगा ठेकेदार रहेका छन्।

जसमा महेन्द्रनगर–४ का गोल्छा झाको ७ वर्षीया छोरी रेखा, २५ वर्षीया मीना झा र उनकी ३ वर्षीया छोरी पूजा बेपत्ता भएका छन्। यता, महेन्द्रनगर–४ कै पटवारी उरावकी १५ वर्षीया छोरी, ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ की ३० वर्षीया सीता कविरथ, वडा नं. ५ का गोल्टु चन्द्रवंशीकी १२ बर्षीया छोरी र ५५ बर्षीया तनमदेवी यादव बेपत्ता भएका छन् । डुंगा डुब्दा ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता भएको भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend