logo
  • शनिबार, असोज १० २०८३

चर्चित बुटिक काजल क्रियसनको आठौं वार्षिकोत्सव भब्यताका सम्पन्न  


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन आठौं बर्षमा प्रवेश गरेको छ।
गत सनिवार भएको एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको आठौं वार्षिकोत्सव भब्यताको साथ केक काटेर मनाईएको थियो भने काजल शर्मालाइ जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो। काजल क्रियसन बुटिकको वार्षिकोत्सव संगै उक्त बुटिकको संचालिका काजलको जन्मदिन एकैसाथ पर्न गएको छ।
वार्षिकोत्सव कार्यक्रममा चलचित्र निर्देशक निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय अभिनेता दिपकराज गिरि, हास्य अभिनेता निर्मल शर्मा, लोकप्रिय गायिका प्राश्ना शाक्य, बरिष्ट ब्युटिसियन सोनी कारंजित, बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, समाजसेवी सुन्दर थापा, गायिका रानु निरौला, समाजसेवीहरु नरेश पाण्डे, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, युवा ब्यबसायी बसन्ती अधिकारी, संचारकर्मी तथा कलाकार सूर्य चन्द, मोडल सुमी पुरी, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जन, गायक बिक्रम थापा लगायतले बार्षिकोत्सब तथा फेशन डिजाईनर काजल शर्मालाई जन्मदिनको शुभकामना दिए ।

आठ वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिईन् । सयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय छन् । काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोप अमेरिका सम्म आफ्नो संजाल फैलाउदै गएको छ। विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ ।

छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलिब्रिटीदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर काजल क्रियसनले ख्याति कमाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend