साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं।
‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन‘ सिफलले आफ्नो प्रथम वार्षिकोत्सव भव्यताका साथ् मनाएको छ।
प्रमुख अतिथि बिशिष्ठ चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल, बिशिष्ठ अतिथिहरु नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई, काठमाडौं महानगरपालिका वडा न. ८ का वडाध्यक्ष आश्मान संगत अतिथिहरु संचारकर्मी तथा कलाकार सूर्य चन्द, राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकर, लोकप्रिय गायकहरु मानसराज, कर्णराज गिरि, शंकरलाल श्रेष्ठ लगायतका बिशिष्ठ व्यक्तित्व माझ केक काटेर ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन‘ सिफलले प्रथम वार्षिकोत्सव भब्यताको साथ मनाएको हो।

बर्गर हाउस सिफल खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ। अत्याधुनिक प्रबिधिको हाइजिन मेन्टेन तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन‘ सिफल काठमाडौं ” स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ । विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ भने खाना संगै गित संगीतको भरपुर आनन्द लिन सकिन्छ ।
‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन‘ सिफलले यहीं आउदो असोज ८ गते सम्म सम्पूर्ण आफ्ना ग्राहकहरुलाई सबै खानाको परिकार र ड्रिंक्सहरुमा १५% छुट दिने रेष्टुरेन्ट संचालक सन्दिप महत बताउछन। रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने अर्का संचालक प्रतिक श्रेष्ठले बताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend