logo
  • शनिबार, असोज १० २०८३

सहकारीले रोजगारी श्रृजना र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरुरी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल, असोज २ ।
गरिबी निर्वारणका लागि अति उपयोगी हुने सहकारीहरुले पछिल्लो समयमा नाम अनुसार काम गर्न नसक्दा समस्या र चुनौती थपिन थालेका छन । सहकारीहरुले रोजगारी श्रृजना गर्न र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।
रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३४ औ वार्षिक साधारणसभामा वोल्ने वक्ताहरुले सहकारीमा आवद्ध शेयरसदस्यहरु गम्भिर हुन आगैह गरेका छन । कार्यक्रममा सहकारीका संरक्षक रोमणी प्रसाद पाठकले सहकारीवाट शेयर सदस्यहरुले लैजाने ऋणलाई उद्योग व्यापारका क्षेत्रमा लगानी गरि उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगानी नर्गने परिपार्टीले सहकारीमा चुनौती थपिएको औल्याउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण प्रसाद न्यौपानेले सहकारीमा शेयर सदस्यहरुले आफनो खर्च कटाएर गरेको बचतलाई रोजगारी श्रृजना र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरुरी रेहेकोे बताउनु भयो । उहाँले रोजगारी र उत्पादन विना गरिने लगानी फलदायी नहुने हुदा सहकारी संचालकहरु यो सवालमा गम्भिर हुन आग्रह गर्नु भयो ।

रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्था कार्यबहाक अध्यक्ष कलाधर पाण्डेले आर्थिक वर्ष २०७८ । ७९मा ६९ करोड ३५ लाख ७८ हजार रुपैया ऋण लगानी गरेकोमा ६६ करोड बढी असुली गरेको बताउनु भयो ।

कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक,शेयर सदस्य केशवराज न्यौपाने, सामुहिक बचत सहकारीका अध्यक्ष सुरेन्द्र कुमार वर्मा लगाएतले सहकारीका शेयर सदस्यहरु सहकारीका मालिक भएकाले शेयर सदस्यहरुले आफनो सहकारीमा के भएको छ , लगानी सुरक्षित भए नभएको वारेमा समेत गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो ।

सहकारीले आफनो वार्षिक उत्सवका अवसरमा सहकारीका ८० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा विद्यावारिधी तथा मासटर डिगी हासिल गरेका शेयर सदस्यका छोरो छारीलाई समान्न गरेको सचिव मित्रबन्धु न्यौपानेले बताउनु भयो । साधारणसभाले कोषध्यक्ष भगवती वस्यालले प्रस्तुत गर्नु भएको आय व्ययको वार्षिक प्रतिवेदन र संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन छलफल सहित पारित भएको छ ।

त्यस्तै सहकारीको शनिवार नै भएको उप निर्वाचनवाट कार्य बहाक अध्यक्ष कलाधर पाण्डे अध्यक्षमा, वर्तमान सचिव मित्रबन्धु न्यौपाने उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । खाली रहेको सचिव पदमा पछि संचालक समितिले मनोनयन गर्ने छ । त्यस्तै संचालक समितिको सदस्यमा रामचन्द्र भुसाल, प्रकाश न्यौपाने, र चिन्ता कंडेल भण्डारी निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend