साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु असोज २ ।
प्रहरीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरको टोलीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझा करिब ४ बजे बोर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो ।
संकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको थियो । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन ।
पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिए । पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाईएको डिएसपी जोसीले जानकारी दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend