logo
  • शनिबार, असोज १० २०८३

पर्सा जिल्लाको क्राइम टोलि प्राइस टोलिमा परिणत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उमेश दुबे, वीरगंज असाेज १ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहातमा खटिने विशेष टोलिको रूपमा क्राइम टोलि परिचालन भएपनि हालको कार्य प्रगति हेर्दा प्राइस टोलिको रूपमा रूपान्तरण भएको बुझिन्छ ।
क्राइम टोलि अर्थात अपराध अनुसन्धानको नाममा खटिने शादा पोशाकबाटै तस्करीको रकम उठन थालेपछि प्राइस टोलिको रूपमा रूपान्तरण भएको अभास हुन थालिएको हो ।

हिन्दुहरूको महान चाड पर्व नजिकिदै जादा अहिलेदेखि नै अपराध अनुसन्धान शाखाका कर्मचारीलाइ दशै लागेको प्रष्ट नै बुझन सकिन्छ ।

सीमा नाकाबाट हुने अबैध क्रियाकलापबाट रकम उठाउनकै निम्ति अपराध अनुसन्धान शाखाका कर्मचारी तस्करका मुख्य नाइकेहरू सङ्ग रकम उठाउन तल्लीन रहेको देखिन्छन । दशै खर्चका साथ साथै तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरू सङ्ग रकम उठाउनमै ब्यस्त रहेको एक अडियो क्लिपबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको बिश्वासिला पात्रको रूपमा मानिने प्रहरी निरीक्षक प्रज्वल थपलियालाइ अपराध अनुसन्धान शाखाको जिम्मेवारी दिएको ब्यापक रूपमा चर्चाको विषय बनेको छ ।

जसका कारण सीमाबाट हुने अबैध क्रियाकलापका साथै बिभिन्न मुद्दामा पक्राउ पर्ने व्यक्तिहरुसंग लाखौं  रकम असुल हुने गरेको उहाकै प्रहरी श्रोत बताउछन । श्रोतका अनुसार अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक थपलिया र प्रहरी उपरीक्षक रमेश बस्नेतको कुरो मिले पश्चात तस्करीको लाइन दिनुको साथै मुद्दामा रकम लिने गरेको उनले दाबि गरे ।

सीमबाट हुने अवैध क्रियाकलापबाट रकम असुल गर्न दुइ जना प्रहरीलाई सादा पोशाकमै परिचालन गरिएको छ । प्रहरी जवान लालबाबु साह र प्रहरी जवान फिरोज अन्सारीलाइ तस्करीको रकम उठाउन जिम्मेवारी नै दिएको श्रोत बताउछन ।

एकजना उच्च अधिकारीका अनुसार ठुला बडा तस्करका मुख्य नाइकेहरू जिल्लामै पुगि भेटि चढाउने गरेको र स-साना तस्कर द्वय जवानलाई रकम दिने गरेको बताए ।

सीमाबाट तस्करी बढ्नुको साथै बिरगंज शहरमा दिनहु चोरीको क्रम समेत बढेको पाइन्छ । अपराध अनुसन्धान शाखाका कर्मचारीले अपराधीक गतिविधिमा कम, रकम उठाउनमा बढि चासो देखाएकै कारण चोरी गर्ने गिरोहको बिगबिगी बढेको स्थानीय बताउछन ।

क्राइम शाखाका कर्मचारी तस्करीका समाग्री निकाल्नमा व्यस्त हुन्छन तर बजारमा चोरीको क्रम बढेको हुन्छ भन्दै स्थानीयले दुखेसो पोखे ।

एनिहाउ पैसा कमाउ भन्ने उखानमा लागेका प्रहरी उपरीक्षक रमेश बस्नेतका कारण अपराध अनुसन्धान शाखाका कर्मचारीले आफ्नो काम इमान्दारीता पूर्वक नगरेको, स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार चोर गिरोहलाइ पक्राउ गरिन नसक्नुले पर्सा प्रहरीको इमान्दारीता यस्तै प्रष्ट भएको उनले बताए ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरिले अवैध तरिकाले भित्रिने मालसमानहरू पक्राउ गर्ने गरेको दाबि गरे ।

सीमाबाट हुने अबैध कृयाकलापको विषयमा झन शस्क्त रूपमा लाग्ने बताउदै तस्कर र प्रहरी बिच साठगाठ गर्ने प्रहरीको बारेमा समेत सोधपुछ गरेर कानूनी दायरामा ल्याउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend