साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २९ ।
बाल दिवसको अवसरमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले सडक नाटक प्रर्दशन गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घास बजारका बिभिन्न स्थानमा सडक नाटक प्रर्दन गरिएको हो ।
बाल बिवाह रोकथाम तथा समाजमा भएका सामाजिक विकृति–विसंगतीलाई छाडेर सकरात्क बाटोतर्फ उन्मुख गराउने उद्देश्यले नाटक प्रर्दशन गरेको उपल्लो तम्घास माध्यमिक विद्यालयका प्रधानाध्यापक पिङ्की भुसालले बताइन् ।
‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायि समाज’ भन्ने नाराका साथ प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो, जसले गर्दा बालबालिकाको जीवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुन सक्छ भन्ने सन्देश दिइएको थियो ।
त्यसैगरी नाटकमार्फत विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र बाल्यकालमा नै विवाह गरेमा स्वास्थ्य समस्या हुने, शिक्षा पुरा नहुने हुँदा आत्मनिर्भर नभइ विभिन्न समस्याले पिरोल्ने लगायतका सन्देश दिइएको भुसालले बताइन् । सडक नाटक कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षकहरुले भाग लिएका थिए ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend