logo
  • शनिबार, असोज १० २०८३

उर्वरा राष्ट्रिय सम्मान-२०७९ कार्तिकमा हुँदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, भदौ २७।
उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ।
साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई  हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार आउदो कात्तिकमा सम्मान कार्यक्रम गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष देवकी अभिलाषीले जानकारी दिइन्।

वि.सं. २०७३ सालमा स्थापित फाउन्डेसन सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था हो। संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहेको छ। उर्वरा फाउन्डेसन नेपालको अध्यक्ष देवकी अभिलाषी लोकप्रिय साहित्यकार तथा समाजसेवीको रुपमा परिचित व्यक्तित्व हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend