logo
  • शनिबार, असोज १० २०८३

स्वास्थ्य सुचकहरुको जिल्लास्तरीय मुल्यांकनमा मुसिकोट नगरपालिका तृतीय


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

कमल पौडेल,

मुसिकोट,२६ भाद्र ।गुल्मी जिल्लाको मुसिकोट नगरपालिका जिल्लामै तृतिय भएको छ। आर्थिक वर्ष २०७८/७९ को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको मुख्य सुचकहरुको मुल्यांकनको आधारमा मुसिकोट तेस्रो स्थानमा परेको हो। गुल्मी जिल्लाका १२ पालिका मध्ये मालिका गाउँपालिका प्रथम, छत्रकोट गाउँपालिका द्धितिय र मुसिकोट नगरपालिका तृतिय भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय गुल्मीले सनिवार स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सम्मान गरेको थियो। सत्यवति गाउँपालिकामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले सम्मान पत्र वितरण गर्नुभएको थियो भने मुसिकोट नगरपालिकाको तर्फवाट शाखा प्रमुख डिवि जिसिले सो सम्मान पत्र ग्रहण गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend