logo
  • शनिबार, असोज १० २०८३

एकल विद्यालय अभियानको योजना बैठक काठमाण्डौमा सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाण्डौ, २४ भदौ। जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक काठमाण्डौमा सुरु भएको छ ।
शुक्रवार काठमाण्डौ न्यूरोड स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा जनकल्याण प्र्र्र्र्र्र्रतिष्ठानका राष्ट्रिय अध्यक्ष श्री ओम प्रकाश सर्राफ, कार्यकारी अध्यक्ष विनोद पोद्धार, महासचिव महावीर घिराईया, प्रमुख अतिथि वास्तुविद एवं नेपाल शिक्षण परिषदका महासचिव डा.वासुदेव कृष्ण शास्त्री, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश ज्यू, बरिष्ठ समाजसेवी श्री विमल केडिया अतिथिगण राष्ट्रिय नगर महिला समिति अध्यक्ष श्रीमती विमला बागडिया, मारवाडी सेवा समितिका अध्यक्ष श्री कैलाश गोयल सहित संस्कारमुलक अनौपचारिक शिक्षाको माध्यमले देशका करिब ५४ जिल्लाका बालबालिकालाइ्र्र निःशुल्क शिक्षा प्रदान गर्दै आएको यस अभियान संग सम्बद्ध करिब २०० अभियान्ताहरु बैठकको उद्घाटन सत्रमा उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा संगठन परिचय गराउनुहुदै अभियानका संगठन सचिव श्री प्रल्हाद कुमारले अभियानको स्थापना, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पार्नुभएको थियो ।
दुई दिन चल्ने बैठकमा एकल विद्यालय अभियानले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरु अन्तर्गत एक वर्षभर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्ययोजना बारे विस्तृत छलफल हुने अभियानका राष्ट्रिय अभियान प्रमुख श्री अरविन्द साहले बताउनु भयो ।

आफ्नो मन्तव्य राख्नुहुदै प्रमुख अतिथि डा. वासुदेव कृष्ण शास्त्रीले एकल अभियान कुनै सामान्य अभियान नभई राष्ट्रलाई परम् वैभवको स्थितिमा पु¥याउने हेतु सामान्य व्यक्तिद्वारा सञ्चालित असामान्य अभियान हो । यस अभियानको लक्ष्य प्राप्तिका निम्ति सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend