logo
  • शनिबार, असोज १० २०८३

विपदबारे विद्यार्थी सचेत बनाउँदै गुल्मी सशस्त्र बल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

टोपलाल अर्याल, भदौ २४ गते
सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म हेटक्वाटर गुल्म गुल्मीले बिद्यार्थीहरुलाई विपद् जोखिम न्यूनिकरणका विषयमा सचेत बनाउन थालेको छ । सोहि अभियान अन्तरगत रेसुंगा नगरपालिका १३ को घोर्ले माविका विद्यार्थीहरुलाई सचेतनामुलक कक्षा संचालन गरिएको छ । कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुलाई विपद् जोखिम न्यूनिकरण तथा पुर्व तयारी विभिन्न बिषयमा सशस्त्र प्रहरी नायव उपरिक्षक निवनकुमार खड्काले प्रशिक्षण दिएका थिए ।

प्रकोप उद्धार ऐन २०३९ अनुसार दैवि प्रकोप भन्नाले भू–कम्प, आगोलागी, आँधीवेहरी, बाढी, पहिरो, अतिवृष्टी, अनिकाल, महामारी तथा अन्य प्राकृतिक प्रकोप लाई बुझिन्छ । सो शब्दले औद्योगिक दुर्घटना, विष्फोट वा विषाक्त पदार्थद्धारा हुने दुर्घटना तथा त्यस्ता कुनैपनि प्रकारका प्रकोपलाई समेत जनाउँने गर्दछ । विद्यार्थीहरुलाई प्रकोपका प्रकार, प्रकोपका कारण, प्रकोपका असरहरु,बिपद् न्यूनिकरण उपायहरु, पुर्वि जनाउका प्रणाली, प्रकोपका प्रभाव घटाउने उपाय र त्यसका लागि आवश्यक जनशक्ति र संस्थाहरु, विपद् व्यावास्थापन, बिपद् व्यावस्थापन चक्रका बारेमा खड्काले विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए । सशस्त्र प्रहरीले सुरक्षासंगै सामुदायिक सचेतना, सरसफाई र उद्धार लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend