logo
  • शनिबार, असोज १० २०८३

कपिलवस्तुमा मोटरसाइकल गोरुसँग ठोक्किँदा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रीन्स मिश्र, कपिलवस्तु भदौ २२ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानी धारामा हिजो चौपाया ( गोरु ) सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन ।

हिजो बेलुका ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend