logo
  • शनिबार, असोज १० २०८३

इस्माली समाज काठमाडौमा नयाँ नेतृत्व


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, भदौ १८।
ईस्माली समाज काठमाण्डौको साधारण सभा सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न साधारण सभाले गोकर्ण खरेलको अध्यक्षतामा ११ सदस्य रहेको नयाँ नेतृत्व चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा गोपिराज पराजुली र द्वितीय उपाध्यक्ष मोहन कुवर रहेको छ ।
सचीवमा महेन्द्र बस्नेत, सह सचीवमा चन्द्र बस्नेत, कोषाध्यक्ष उषा अर्याल कार्की रहेका छन । त्यस्तै सदस्यहरु बुद्ध थापा, लता महत अर्याल, हरि भण्डारी, टीका बस्नेत र कमल अर्याल रहेका छन ।

निबर्तमान अध्यक्ष दामोदर भण्डारीले नयाँ कार्यसमितिको टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सभामा संस्थापक अध्यक्ष नरहरी भण्डारी र नरहरी घिमिरेले निर्वाचन मण्डलको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend