logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा चन्दा माग्ने बिरुद्ध प्रहरी निगरानी चन्दा भन्दा पहिले सूचना दिनुस् : सुरक्षा समिति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल,गुल्मी भदौ १० ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले संयुक्त रुपमा कोही कसैलाई चन्दा नदिन आग्रह गरेको छ । पछिल्लो समय बिप्लप लगायतका समुहहरुले जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधी र संघं÷सस्थाहरुमा चन्दा मागेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले सवै किसिमको सुरक्षाको लागि आफुहरु तयार भएकाले गोप्य सूचना नजिकको प्रहरी र प्रशासन कार्यालयमा उपलब्ध गराएर सहयोग गर्न आग्रह गरे ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद दाहालले आफुहरुलाई पनि चन्दा संकलन गरिरहेको गुनासो आएकाले प्रहरीको बिशेष टोली पहिचान भएकाले केहि दिनमा गिरफ्तार गरिने बताए । उनले आफुहरुको संयन्त्र सदरमुकामदेखि गाउँसम्म भएकाले निर्धक्क भएर चन्दा दिनुभन्दा पहिले प्रहरीलाई सूचना दिन आग्रह गरे । ‘गुनासो गरे मात्रै पुग्दैन । सूचना दिएर सहयोग गरे प्रहरी २४ सै घण्टा त्यस्तो समुहलाई कारबाही गर्न तयार छ,’उनले भने,‘प्रहरी आफै निकै सक्रियतापूर्वक परिचालन भएको छ ।’ दाहालले कसैको कुनै अभियान, पार्टी र संगठनका लागि करकापमा पारेर रकम असुली गर्न नपाइएने र आफुहरुलाई पनि सरकारको कडा निर्देशन भएकाले त्यस्तो क्रियाकलापमा संलग्नका बिरुद्ध निर्र्मम ढंगले कारबाही गरिने बताए ।

पछिल्लो समय संगठनका बिभिन्न नाम र नम्बरबाट फोन गरेर वा कार्यालयमै उपस्थित भएर चन्दा माग्ने गरेको गुनासो बढेको छ । तर, कतिपय कार्यालय प्रमुख र व्यक्तिहरुले सुरक्षाको कारण देखाउँदै सुरक्षा निकायलाई भन्दैनन् । ‘एक चोटी नभएर १० चोटी चन्दा मागेका छन् । कार्यालय संचालनमै चुनौति रहेका बेला कसरी दिने सहयोग,’एक कार्यालय प्रमुखले भने,‘रकम दिनेकी चेतावनी स्विकार गर्ने अन्यौल भएको छ ।’

एसपी भिम दाहालसंग साझा नेटवर्क मिडियाका पत्रकार टोपलाल अर्यालले गरेको संक्षिप्त कुराकानी…

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend