साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज भदौ ९ ।
स्थानीय तहको निर्वाचन अगाडी महानगरका जनता सामु ठुला ठुला भाषण गरेका मेयर राजेशमान सिंहले भाषण जस्तो कुनै किसिमको काम गर्न नसकेको आरोप वीरगंजेली युवाहरुले लगाउन थालेका छन । समाजिक संजाल फेसबुक, टिकटकको माध्यमले स्थानीय युवाहरुले मेयर राजेशमान सिंहको कार्य सराहनीय नरहेको भन्दै समाजिक संजालको माध्यमले आलोचना गर्न थालेका हुन ।
मुलुकको प्रमुख प्रवेशद्वार हुदै आग्मन गर्ने भारतीय नागरिक तथा नेपाली नागरिकहरुले धुलोका कारण सास्ती खेप्दै आउनु परेको छ । आग्मन गर्ने जनता मात्रै नभई स्थानीय पसल संचालक लगायत सुरक्षामा खटिने प्रहरीहरुमा समेत प्रतिकुल असर पर्न थालेको छ । दिनहु उड्ने धुलोका कारण सुरक्षाकर्मी लगायत पसल संचालकको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न थालेको हो ।
वीरगंज महानगरपालिकाको चरम लापरवाहीका कारण वीरगंज भन्सार क्षेत्र धुलोमय हुने गरेको युवाहरुले पटक पटक समाजिक संजाल मार्फत जानकारी गराइरहेपनि महानगरका मेयर राजेशमान सिंहले केही वास्ता नदेखाएको आरोप स्थानीयहरुको रहेको छ । स्थानीय मुन्नाका अनुसार वीरगंज भन्सार क्षेत्रमा बढ्दै गएको धुलोका कारण सर्वसधारण लगायत स्थानीयहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको बिषयमा समाजिक संजालमा हाल्नुको साथै सो बिषयमा पटक पटक मेयर साबलाई फोन गरेर जानकारी गराइरहदा समेत वास्ता नदेखाएको आरोप लगाए ।
यता मस्त राम मस्ती मे आग लागो बस्ती मे भन्ने भोजपुरी उख्नानमा लागेका मेयर राजेशमान सिंह आफ्नो भ्रमणको फोटो समाजिक संजालमा पोष्टयाइरहेपनि युवाहरुले समाजिक संजालमा राखेको भिडियो फोटोहरु हेर्न नचाहेका हुन, की हेर्न नसकेका हुन भन्ने चर्चाको बिषय बनेको छ । यस बिषयमा पटक पटक मेयर राजेशमान सिंह संग बुझन खोज्दा उहाको मोबाइल उठ्न सकेन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend