logo
  • शनिबार, असोज १० २०८३

रेसुङ्गा क्याम्पसका संचालक र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्छ : एमाले


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, भदौ ९ ।
नेकपा एमाले, रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।
४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताए ।

क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले लामो समयदेखि आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आएको एवम् मेधावी विद्यार्थीको नाममा ठुलो धनराशि खर्च गर्ने निर्णय गरेको रेसुङ्गा नगरपालिकाको समेत क्याम्पसको बिषयमा सही दृष्टिकोण नभएको एमालेको आरोप छ ।

‘संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने, ‘आर्थिक संकटको नाममा विद्यार्थीको भविष्य अन्यौल बनाउने, प्रध्यापक एवम् कर्मचारीको पेशागत हकहित सुनिश्चित गराउन नसक्ने संचालक समिति र प्रशासन नेतृत्वले तत्काल राजिनामा दिनुपर्छ । त्यसका साथै उनले संकटकालको बिषयमा आफुहरुसँग कुनै छलफल नभएको समेत प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend