logo
  • शनिबार, असोज १० २०८३

ज्ञान मिसेज नेपालगंजको प्रथम चरणबाट ११ जना छानिए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, नेपालगञ्ज भदौ ५ ।
जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९“ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बनेपछि यसको टाईटल चेन्ज गरिएको छ साथै प्रथमचरण बाट ११ जनालाई छानिएको छ ।
तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको प्रथम चरणबाट ११ जना छनोट भएका छन् ।ज्ञान मिसेज नेपालगञ्जको लागि भएको प्रथम चरणबाट ११ जना गृहणी महीला छनोट भएका हुन् । पहीलो अडिसन बाट २१ जना जना प्रतिस्पर्धि मध्ये बाट ११ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया गु्रप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।

ज्ञान मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा गिता क्षेत्री वर्नवाल, रकेश गुरुङ, विरेन्द्र  यादव लगायत रहेका थिए । भाद्र ११ गते  फाईनल हुने आयोजकले जनाएको छ ।  प्रथम चरणबाट प्रतिभा सिधी, निलम पुन मगर, सुजाता खरेल, बिमला दहित थारु, श्रृष्टि शाही, यमूना रसाईली, उषा शाह, मनु राना, अञ्जु खड्का, रेखा गुप्ता, पुष्पा गुरुङ लगयताहरू छानिएका छन् ।

प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend