logo
  • शनिबार, असोज १० २०८३

कांग्रेस नेता प्रदीप गिरिको निधन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडाैं, भदौ ४ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।

अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ । डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नुहुन्छ ।

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउनको दोस्रो सातादेखि मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो ।

गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मन सहितको टीम खटिँदै आएको थियो । सिरहाका गिरिलाई बौद्धिक नेताका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend