साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु साउन ३१ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।
लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी, जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी, मधु सूदन सरण चौधरी, रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend