logo
  • शनिबार, असोज १० २०८३

डेढ महिनामा थपिए पाँच हजार मतदाता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन ३० ।
गुल्मीमा डेढ महिनाको अवधिमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म कुल पाँच हजार १६० जना नयाँ मतदाता थपिएका हुन् । जसमा महिला दुई हजार ४२४ र पुरुष दुई हजार ७३६ रहेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

यस अवधिमा जिल्लाका ५८ जनाले नाम अध्यावधिक गरेका छन् भने ४०३ जनाले मतदान स्थल परिवर्तन गरेका छन् । त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए । यो सँगै जिल्लाको कुल मतदाता सङ्ख्या दुई लाख २९ हजार ४३६ पुगेको छ ।

यसमा डेढ महिनाको अवधिमा जिल्ला बाहिर नाम समावेश गराएका र पछिल्लो पटक १८ बर्ष उमेर नपुगेकाको तथ्याङ्क समावेश छैन । गत स्थानीय तहको निर्वाचनमा एक लाख १० हजार ५९ पुरुष, एक लाख १४ हजार २१५ महिला र अन्य दुई गरी कुल दुई लाख २४ हजार २७६ मतदाता रहेका थिए । सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य भने रोकिएको पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend