logo
  • शनिबार, असोज १० २०८३

प्राविधिक बिषय पढ्न गाउँपालिकाकोे छात्रबृत्ति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन २४ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले एसइईपछिको तीन बर्षे प्राविधिक क्षेत्रको बिषय अध्ययनका लागि छात्रबृत्ति दिने भएको छ । बाली विज्ञान र भेटेनरी बिषयमा तीन÷तीन एवम् अमिन र ओभरसियर बिषयमा दुई÷दुई जनालाई छात्रबृत्ति दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।आर्थिक अवस्था कमजोर भई घरको उत्पादनले छ महिना पनि खान नपुग्ने, परिवारको कुनै पनि सदस्य कुनै रोजगारीमा संलग्न नभएको र अन्य कुनै संस्थाबाट छात्रबृत्ति नलिएकोलाई प्राथमिकता दिइने अध्यक्ष पोखरेलले बताए । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरुलाई दरखास्त दिन आह्वान समेत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सीता गिरीले आफुहरुले पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयन गर्न थालिएको बताइन् । ‘पदभार ग्रहण गर्दा प्राविधिक बिषय पढ्ने विद्यार्थीहरुलाई छात्रबृत्ति दिने निर्णय गरेका थियौँ ।’ गिरीले भनिन्, ‘अहिले कार्यविधि नै बनाएर सोही निर्णय कार्यान्वयन गर्दैछौ ।’ तीन बर्षसम्म अध्ययन गर्दा विद्यालयमा लाग्ने शुल्क पालिकाले तिरिदिने उपाध्यक्ष गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend