logo
  • शनिबार, असोज १० २०८३

पैँचो पसललाई ‘अन्तराष्ट्रिय गुणस्तर चिन्ह’


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन २१ ।

पैँचो पसल प्रालि, गुल्मीले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । प्रालिले गुणस्तर व्यवस्थापन प्रणाली अनुसार व्यवसायीक गतिविधि गरेबापत आइएसओ ढण्ण्ज्ञ ः द्दण्ज्ञछ को प्रमाण–पत्र प्राप्त गरेको छ ।त्यस्तै खाद्य सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ द्दद्दण्ण्ण् स् द्दण्ज्ञड, रिडीस्थित पैँचो प्रशोधन केन्द्रबाट उत्पादित पैँचोका उत्पादनहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिक्री गरेबापत डब्लु एचओे ः जीएम्पी र कच्चा पदार्थको गुणस्तर अन्तिम उपभोक्तासम्म पु¥याएबापत एचएसीसीपीको मान्यता प्राप्त गरेको पैँचो पसलका संचालक ध्रुव न्यौपानेले जानकारी दिए । शनिबार एक कार्यक्रम बीच रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त चारओटै प्रमाण–पत्र पैँचो पसललाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पैँचोले कृषि र किसानको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सरकारी पक्षबाट पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै रुरुक्षेत्र गाउँपालिका पनि पैँचोसँगै सहकार्य गरेर कृषिजन्य सामग्रीको उत्पादन र बजारीकरण गर्ने योजना बनाएको उल्लेख गर्दै प्राप्त प्रमाण–पत्रलाई जोगाईराख्न आग्रह गरे । त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले सरकारी क्षेत्रले बजारको ग्यारेन्टी गर्न नसक्ने भएकोले निजि क्षेत्रलाई नै बजारमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गरे ।

पसलका संचालक न्यौपानेले सबैको सहयोगले गर्दा पैँचो पसलले यो सफलता हाँसिल गरेको उल्लेख गरे । किसानको उत्पादनलाई बजारीकरण नगरेसम्म देश नबन्ने भन्दै उनले त्यसमा आफुले केही योगदान दिएको बताए । त्यस्तै अहिले बुटबलमा गुल्मीको कागतिले भारतको कागतिलाई प्रतिस्थापन गरेको भन्दै सबै एकजुट भएमा उत्पादित कृषि सामग्रीलाई बजारीकरण गर्न सकिने न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend