logo
  • शनिबार, असोज १० २०८३

सामुदायिक सिकाई केन्द्रद्वारा कम्प्युटर शिक्षा तालिम सन्चालन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई, गुल्मी साउन १५।
बडागाउँ सामुदायिक सिकाई केन्द्र मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिको आयोजना तथा मस्क कम्प्युटर तथा भाषा तालिम केन्द्र मुसिकोट नगरपालिका ७ वामिटक्सार गुल्मिको प्राबिधिक सहयोगमा सन्चालन हुने कम्प्युटर शिक्षा तालिमको समुदघाटन कार्यक्रम दजाकोट गुल्मिमा सम्पन्न भएको छ।
२०६९ सालमा जिल्ला शिक्षा कार्यालय गुल्मिको सहयोगमा स्थापना भएको सिकाई केन्द्रले प्रौढ शिक्षा,निरन्तर शिक्षा,विभिन्न समाचारपत्रको प्रयोगद्वारा स्थानिय बासिन्दालाई अनौपचारिक शिक्षामा सहयोग पुर्याउदै आएको र हाल स्थानिय आवश्यकता र समयानुकुलको कम्प्युटर शिक्षा सम्बन्धि तालिम सन्चालनको तयारिमा जुटिएको सिकाई केन्द्र ब्यबस्थापन समिती अध्यक्ष तथा समाजसेवी हरि प्रसाद छन्तेलले बताउनुभयो।

गाउँबाट कम्प्युटर तालिम लिनकै लागि महङ्गो शुल्क तिरेर शहर तर्फ लाग्ने प्रवृत्ति लाई रोकेर गाउँमै न्यून शुल्कमा गुणस्तरीय कम्प्युटर तालिमको आयोजना गरिएको समाजसेवी छन्तेलले स्पष्ट पार्नुभयो।सामुदायिक सिकाई केन्द्रका कोषाध्यक्ष चेत बहादुर पेमिको स्वागत मन्तब्य रहेको कार्यक्रममा वार्ड नं ४ का वार्ड अध्यक्ष जुक्त बहादुर छन्तेल र पशुपती निम्न माध्यमिक बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।त्यस्तै तालिमका प्रमुख प्रशिक्षक श्यामु तिवारिले सिकाई केन्द्रको बिस्वासलाई आत्मसाथ गरि गुणस्तरीय तालिम प्रदान गर्ने प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो।

कम्प्युटर शिक्षा तालिम उद्घाटन समारोहमा प्रमुख अतिथिको भुमिकामा रहनुभएका मुसिकोट नगरपालिका नगर प्रमुख जीवन खरेलले औपचारिक शिक्षाका प्रमाणपत्रको आधारमा मात्र ब्याक्तिगत क्षमता पुर्ण आँकलन गर्न उचित नहुने र सिकाई केन्द्रले प्रदान गर्ने अनौपचारिक शिक्षाले पनि ब्याक्तित्व बिकास भै समाजमा सकारात्मक परिवर्तन आउने बताउनुभयो।अहिलेको बैज्ञानिक युगमा सिकाई केन्द्र मार्फत प्राबिधिक ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरिनु उदाहरणिय र प्रशंसनीय कार्य भएको बताउदै सहभागीले तालिमको अधिकतम लाभ लिई ब्यबहारमा रुपान्तरण गर्न नगरप्रमुख खरेलले आग्रह गर्नुभयो।

कार्यक्रम बडागाउँ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा समाजसेवी हरि प्रसाद छन्तेलको अध्यक्षता ,मुसिकोट नगरपालिका नगर प्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता,वार्ड नं ४ का वार्ड अध्यक्ष जुक्त बहादुर छन्तेल र प्रमुख प्रशिक्षक श्यामु तिवारिको बिशेष आतिथ्यता तथा साना किसान कृषि सहकारी संस्था बडागाउँका प्रबन्धक बिबेक पेमि मगरको संचालनमा सम्पन्न भएको थियो।।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend