साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु साउन १५।
कपिलवस्तु विजयनगर गाउँपालिका ७ को सीमावर्ती क्षेत्रमा काठ तस्करी बढेको छ।
नेपाल-भारत सिमा-नाकामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट टिक र सघुनकाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा नं ६ र ७ मा भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र रातीको समय काष्ठ उद्योगहरुमा पुराउने गर्छन । ठकुरापुर र गेडुवाजोतलाई केंद्र बनाएर काठ तस्करहरु बढी सक्रिय रहेको पाइएको छ ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परसुरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend