logo
  • शनिबार, असोज १० २०८३

कुकुरलाई रेबिज बिरुद्धको खोप


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी  साउन ६।
चन्द्रकोट गाउँपालिकाले भुस्सिया कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिङ लगाइदिएको छ । गाउँपालिकाले शान्तिपुर बजारमा रहेका २२ कुकुरहरुलाई बुधबार भ्याक्सिङ लगाइदिएको हो । केही दिन पहिले चन्द्रकोटमा एकैदिन १२ जनालाई टोकाका थिए ।

जसमध्ये घाइते चारजना अझै गुल्मी अस्पतालमा उपचाररत छन् । पहिलो टोकेका र नटोकेका सबै कुकुरहरुलाई भ्याक्सिङ लगाइएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

गाउँपालिकाका पशु सेवा प्राविधिक इश्वरी प्रसाद वली, नायब पशु सेवा प्राविधिक लक्षमण गुरुङ लगायतले भ्याक्सिङ लगाइदिएका थिए । पालिकाले पहिलो चरणमा खोप लगाएको र आगामी दिनमा पनि खोपलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

कुकुर छोप्नको लागि स्थानीय पन्छी बहुउदेश्यीय सहकारी संस्थाका युवाहरुले निर्माण गरेको यन्त्र पालिकालाई दिएका छन् । उक्त यन्त्र कुकुर छोप्नको लागि निकै प्रभावकारी भएको पालिका अध्यक्ष केसीले बताए । चन्द्रकोटमा बाग्लुङको बरेङ गाउँपालिकाको थपलुङ हुँदै कुकुर आएका छन् ।

कुकुर आतंक बढ्दै गएकोले सम्भावित दुर्घटनाबाट बच्नको लागि सबै कुकुरहरुलाई रेबिजबिरुद्धको भ्याक्सिङ लगाइएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend