साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ ३१ ।
गुल्मीको रिडीमा होटल व्यवसायी मञ्च संघको शाखा बिस्तार भएको छ । शुक्रवार जिल्लाबाट गएको टोलीले रिडी बजारमा एक भेला राखी शाखा बिस्तार गरेको हो ।
संघले पहिलो शाखाको रुपमा रिडीमा रण बहादुर रानाको अध्यक्षतामा ७ सदस्यि समिती गठन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानेन्द्र रावत, सचिव लक्ष्मण भट्टराई, कोषाध्यक्ष कमला गुरुङ्ग रहेका छन् ।
भेलामा होटल व्यवसायी मञ्च संघ गुल्मीका कार्यबाहक अध्यक्ष भेषराज कँडेल, संस्थापक अध्यक्ष युवराज भण्डारी, कोषध्यक्ष जंजबहादुर कुँवर, सदस्य लामणी आचार्य लगायतको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend