साझा नेटवर्क
सिर्जना आचार्य,कपिलबस्तु असार २८ ।
आफ्नो श्रीमानको आर्थिक जोखिम न्यूनिकरण तथा नियमित बचत गर्ने उद्देश्यले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखा कि एजेन्सी मेनेजर सीता पराजुलीले आफ्नो श्रीमान विकास सिंह ठकुरीलाई वैवाहीक जिवनको को (११औ) वर्षगाँठको शुभ अवसरमा रु. ७०,००,०००/- ( सत्तरी लाख) बराबरको सिटिजन शुभारम्भ जीवन बीमा योजना उपहार स्वरुप दिनुभएको छ।
सिटिजन लाइफ इन्सोरेन्स जीवन बीमा प्रती सकारात्मक सोचाइ भएकी पराजुलीले केही समय अगाडि स्वम् को पनि रु. ५०,००,००० /- (पचास लाख) बराबरको सिटिजन जीवन सारथि योजना खरिद गर्नु भएको थियो । पराजुलीले भन्नुहुन्छ, यस्तो अवसरमा फजुल गर्नुको सट्टा जीवन बीमा योजना खरिद गरि जीवनमा बचत संगै सुरक्षा गरि आफ्नो आर्थिक क्षमताले हुने गरि जीवन बीमा खरिद गर्न उचित हुन्छ ।
अर्घाखाँची शाखाका प्रबन्धक नारायण जि. सि.ले भने यस्तो सु-अवसरमा जीवन बीमा उपहार दिएकोमा यो जोडीलाई बधाई तथा (११औ) वैवाहिक बर्षगाँठ शुभकामना प्रदान गरे । साथै यस्तो सकारात्मक कार्यले हाम्रो समाजमा जीवन बीमा प्रती को महत्व झन् बढ्ने साथै समाजमा राम्रो सन्देश जाने पनी बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend