साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार २७।
गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जीप सोमबार साँझ ६ बजे रेसुङ्गा नगरपालिका–४ स्थित मसिनापोखरीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ दोहोलीका ५८ बर्षीय लंक बहादुर पल्ली, ५९ बर्षीय रूद्र बहादुर पल्ली, ५९ बर्षीया नर्मति घिमिरे घाइते भएका छन् । त्यस्तै दोहोलीकै ६८ बर्षीय ज्ञान बहादुर बस्नेत, ५६ बर्षीय हरी बहादुर दर्लामी र ५८ बर्षीय केश बहादुर पल्ली घाइते भएको ट्राफिक प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।
टाउकोमा चोट लागेको कारण केश बहादुर र छात्रीमा भित्री चोट लागेका कारण नर्मतिलाई थप उपचारका लागि पाल्पा पठाउने तयारी भइरहेको छ । अन्य घाइतेको भने गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओभर लोडका कारण ब्रेक फेल भइ गाडी भित्तामा ठोकिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend