साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्यूठान असार २४ ।
“सुरक्षित मातृत्व हामी सबैको दायित्व “स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऔं सधैभरी “भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका ७ नारिकोट स्वास्थ्य चौकीलाई प्युठान जिल्लाको पहिलो पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ ।
गौमुखी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद तारा जि सि ले आफुले सक्दो सहयोग गर्ने र गौमुखीको बिकासमा सधै जोड दिएको बताउनु भयो । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले स्वास्थ्य क्षेत्र मानवको जीवन संग जोडिएको र स्वास्थ्य संस्थामा सुत्केरी हुदा ज्यान जोखिम नहुने तथा सुरक्षित जिबनको लागि पुर्ण संस्थागत सुत्केरी गराउनु पर्ने बताउदै गौमुखी गाउँपालिकाको नारिकोट स्वास्थ्य चौकी प्युठान जिल्लाको पहिलो वडा घोषणा गरिएको बताउनु भयो ।
सो स्वास्थ्य चौकीमा एक बर्ष भित्र ६९ जना स्वास्थ्य संस्थामा सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी गराउनु भयो ।घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ,जिल्ला समन्वय प्रमुख धर्म बहादुर जि सि तथा राजनैतिक लगायतले मन्तव्य राख्नु भएको थियो । गाउँपालिका उपाध्यक्ष महावीर राना मगरको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्तीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend