logo
  • शनिबार, असोज १० २०८३

नदीले बगाइरहको बालकको उद्धार गरेका विद्यार्थीलाई गौमुखी गाउँपालिकाद्वारा सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जोगिन्द्र मल्ल प्युठान, २३ असार ।
गौमुखी गाउँपालिकाले नदीले बगाइरहको बालकको उद्धार गरेका विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाको ठुलाबेशी बजार नजिकै झिम्रुक नदीमा हिजो नदीले बगाइरहेका एक बालकलाई देखेर गौमुखी माविमा अध्ययनरत दुई विद्यार्थीहरु पौडी खेल्दै गर्दा खोलाले बगाएर ल्याएको बालकको सकुशल उद्धार गरेका छन ।

जीवनको प्रवाह नगरी खोलामा हाम फाल्दै शिशिर के.सी.को उद्धार गरेका हुन । उद्धार गर्ने गौमुखी ४ पुजाका चन्द्रबहादुर सुनार र सुशील सुनारलाई गौमुखी गाउँपालिकाले नगद तथा जिन्सी सामाग्रीले सम्मान गरेको छ ।

सम्मान गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले आफ्नो जीवनको प्रवाह नगरी मानवीय संकटको घडीमा उद्धारमा खटिएका विद्यार्थीलाई धन्यवाद दिदै प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गर्नु भएको हो। अहिले बालकको स्वास्थ्य अवस्था राम्रो रहेको उद्धार गरिएका बालकको बुबा महेन्द्र के.सीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend