logo
  • शनिबार, असोज १० २०८३

हतियार सहित २ जना बारा प्रहरीको नियन्त्रणमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रन्जित चौरसिया, बारा असार २३ ।
बाराको सिम्रौणगढ नाकाबाट हतियार सहित २ जनालाइ बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । सिम्रौणगढ नगरपालिका वडा नम्बर १ बाट बुधबार साझ करिब ७ बजेको समयमा बारा प्रहरीले हतियार सहित २ जनालाइ नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाका अनुसार बिशेष सूचना आउनसाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट टोलि परिचालन गरिएको बताए ।

इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट खटिएको बिशेष टोलिले सिम्रौणगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाट पोखरीको डिलबाट अबैध हतियार सहित २ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं १ नम्सगराढाठ बस्ने अन्दाजि बर्ष २९ को अनिल मुखिया र सोहि बस्ने २५ बर्सिय गुड्डु भन्ने धिरज मुखिया रहेको बारा प्रहरीले जनाएको छ । स्थानीय मानिसहरुलाई हतियार देखाई डर, त्रास, धाकधम्की दिइरहेको छन् भन्ने विशेष खबर पाउनासाथ खटिएको बिशेष टोलिले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कटुवा पेस्तोल १ थान सहित दुबै जनालाई नियन्त्रणमा लिएको र निजहरु माथि हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाउने बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend