logo
  • शनिबार, असोज १० २०८३

मुसिकोटले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,  गुल्मी असार २१ ।
तीन दिनसम्म चलेको १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाले जितेको छ । नगरपालिकाले १६ स्वर्ण, सात रजत र आठ कास्य गरी कुल ३१ पदकसहित प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन् ।
गुल्मीदरबारले छ स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ । चन्द्रकोटले पाँच स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २८ पदक जितेको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगितामा सबै पालिका सहभागि भएका थिए । तर रेसुङ्गा नगरपालिका भने अन्तिमको खेलमा मात्रै सहभागि भएको थियो । प्रतियोगितामा कुल ४३ विद्यालयका विद्यार्थीहरु रहेका थिए । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करौँते खेल संचालन भएका थिए । सबै प्रतियोगिताहरु छात्र/छात्राको छुट्टाछुट्टै समुहमा खेलाइएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २४, २५ र २६ गते दाङको बेल्झण्डी रङ्गशालामा हुँदैछ । जसका लागि गुल्मीबाट खेलाडी पनि छनौट गरिएको छ । भलिबल र कबड्डीमा छात्र/छात्रा नौ/नौ जना, एथेटिक्समा छात्र/छात्रा ११/११ जना एवम् तेक्वान्दो र कराँतेमा छात्र/छात्रा तीन/तीन जना छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend