साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं असार १३ ।
आठौँ नेशनल क्यापिटल अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन । बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो ।
नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा दोसल्ला ओडाएर तथा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो । दुख पिडामा परेका असाहय, अनाथ, बृद(वृदा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएकी ज्योतिले भुकम्प, बाडी(पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी थिइन् ।
उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाइ माननीय पूर्व मन्त्रि पार्बत गुरुङ लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत “राष्ट्रिय समाजसेवी सम्मान” प्रदान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend