logo
  • शनिबार, असोज १० २०८३

बंदेलद्धारा इस्मा र मुसिकोटमा २२ रोपनीमा लगाएको मकै ध्वस्त


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी असार ९ ।
गुल्मीमा बंदेलले मकै खान थालेपछि किसान चिन्तामा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पछिल्लो तीन–चार बर्षदेखि बंदेल आतंक बढेको छ । किसानले स्याहार्न थालेको मकै रातमा खान थालेपछि किसान हैरान भएका छन् । केहि बर्ष पहिलेसम्म बाँदर, ढेडुवा, दुम्सीबाट किसान पीडित थिए ।
अहिले बदेलले झन ठुलो क्षति गर्न थालेको छ । एकै ठाउँ बसेर एक पटकमा १५/२० वटा मकै खान खाने गरेको मुसिकोट नगरपालिका १ का बंदेल पीडित कृषक कृष्ण थापाले गुनासो गरे । मकैका दाना सुरु भएदेखि पाक्ने बेलासम्म जंगली जनावरबाट बचाउन किसानलाई मुस्किल पर्छ । बंदेलले मकै खानेदेखि धपाउनेहरुलाई आक्रमण समेत गर्ने गरेको छ ।
मुसिकोट १ र इस्मा ४ को संगममा पर्ने निस्ती खोला किनारका ६ जना किसानले लगाएको मकै खेती ध्वस्त बनाएको छ । इस्मा ४ का ओम बहादुर कुवंरको तीन रोपनी, गुमानसिंह अधिकारीको पाँच रोपनी, पोम बहादुर बहराईको दुई रोपनी र मुसिकोट नगरपालिका १ का कृष्ण थापाको पाँच, तारा थापाको तीन र लिल बहादुर नेपालीको चार रोपनीमा लगाएको मकै बंदेलले नष्ट गरेको अगुवा कृषक ओम बहादुर कुवंरले जानकारी दिए ।

उनका अनुसार रातमा धेरै बंदेलले एकैसाथ मकै खाएर ठुलो क्षति गर्ने गरेको छ । गाउँमा अरु धेरै किसानको बालीमा क्षति गरेपनि ६ जनाको अधिकांश मकै नष्ट गरेको छ । ‘गत बर्ष बंदेलले खान नदिएपछि खेत बाँझै राखेँ ।

अहिले मनले नमानेर फेरि रोपेको स्याहार्न नपर्ने गरेर खायो,’उनले भने,‘दिउँसोमा आउँदैन, रातमा कसरी बारी पस्ने उस्तै परेर आक्रमण गर्छ ।’ खेती गरेर खान नपाउने भएपछि किसानले बिकल्प दिन सरकारसंग माग गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend