साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली असार ९ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ७ कराङ्गतुङ्ग घर भै हाल रुपन्देहीको मुर्गियामा बसोबास गर्ने एक व्यक्तिले रुपन्देही नेत्रहिन संघ तामनगरमा रहेका नेत्रहिन दाजुभाइहरुलाई आवश्यक वस्तुहरुको सहयोग गरी जन्मदिन मनाएका छन।
सैनामैना ४ मुर्गिया निवासी समाजसेवी कुलबहादुर कार्किले खाद्यान्न समेत वितरण गरेका छन । पहिलेदेखि नै सामाजिक काममा लागिरहने कार्किले जन्मदिनमा फजुल खर्च नगरी नेत्रहिनलाई बन्दोबस्तीका सामानहरु सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनी यस्तो पुण्य कामलाई निरन्तरता दिने बताएका छन ।
कार्कि भन्छन “सबै जनालाई आफ्नो जन्मदिन विशेष लाग्छ । मान्छेको आकार र धेरै जिम्मेवारी लिएर सुन्दर शरीर लिएर जन्मिएको दिन, ममतामयी आमाको पहिलो माया पाएको अनि यो सुन्दर संसार हेर्न पाएको दिन । जन्मदिनमा भोजभतेर गर्ने, पिकनिक जाने, साथीहरूसँग बसेर धेरै खर्च गर्नेजस्ता काम आजकल सामान्यजस्तै बनिसकेको छ ।
जन्मदिन उत्सव हो मनाउनु पर्छ, यसलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्योभन्दा महान् कार्य अरू केही हुन सक्दैन” । उक्त कार्यक्रममा सामाजिक अभियन्ता तथा कार्कीका ज्वाँई टीका पौडेल र छोरी आशा पौडेलको पनि उपस्थित थियो ।
विगतमा पनि कराङ्गतुङ्गमा रहेर बिजुली, मोटरबाटो, खानेपानी तथा बिभिन्न संस्थामा आबद्ध रहेका कार्की भारतिय सेनाका सेवानिवृत्त हुन भने उनका छोराहरू श्याम कार्की र राजु कार्की भारतिय सेनामा जागिरे छन भने कान्छो छोरा बिजय कार्की स-परिवार जापानमा छन। सामाजिक कार्यमा हुरुक्कै हुने कार्कीकी श्रीमती लक्ष्मी कार्की पनि सामाजिक अभियन्ता हुन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend