logo
  • शुक्रबार, असोज ९ २०८३

गायक खेम सेन्चुरी र सपना रोकाको आवाजमा रहेको गित ‘नन्दनी’ चर्चा बटुल्दै ( भिडियो सहित )


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमान्डु असार ३ ।

पछिल्लो समय नेपाली सांगितिक बजारमा लोक गित संगीतको बाढी नै आएको छ । आधुनिक र पप तथा रक ब्याटलका गीतको तुलनामा लोक दोहोरी गित सुन्ने र हेर्ने श्रोता,दर्शकहरुको संख्या दिनदिनै बढ्दो छ । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने तयारिमा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आ-आफ्नो गित दर्शक श्रोताको बिचमा पठाई रहेका छन् ।
यसै क्रममा गायिका सपना रोकाको नयाँ दोहोरी गित ‘नन्दनी’ भखर्रै मात्र बजारमा सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित गायक खेम सेन्चुरी र गायिका सपना रोकाको आवाजमा रहेको गितमा गायक एवम् सर्जक विक्रमबाबु विश्नकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक नन्दु परियारको संगित रचना रहेको छ । प्रेमिल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै पक्ष उत्तिकै उत्कृष्ट बनेको छ ।

सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपानेको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ । गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका हुन् । अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Sapana Roka को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend