logo
  • आइतबार, असोज ११ २०८३

डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असार १।
मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भए । परिवार काजक्रियामा छन् । गगनको घरबाट बिद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो ।
उनले मुिसकोट नगरपालिका ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । घटनाले बाबा आमासहितको परिवारमा कसैका आँखा ओभाएका छैनन । हुर्केको एक्लो छोरा गुमाउँदा परिवारको पीडा स्वभाविक हो। चालक फरार भएपछि बुबा आमामा छोराको पीडा माथि न्याय नपाउने चिन्ता पनि थपिएको छ । ‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासंगै संका उत्पन्न भएको छ ।

प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारबाही कम हुने षडयन्त्र हुँदैछ,’गगनका बुवा हरि बहादुर रायमाझीले भने,‘कडा कारबाहीको माग बाहेको बिकल्प परिवारमा रहेन ।’ बिना सूचना डोजर चलाउने चालक शेर बहादुर विक अझै फरार छन् । उनको सवारी चालक अनुमति पत्र पनि नभएको परिवारको दाबी छ । प्रहरीले सुर्य कन्स्ट्रक्सनका निर्माण व्यावसायी बोम बहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले आफुहरु निरन्तर अनुसन्धानमा भएकाले केहि दिनमै चालक पक्राउ पर्ने जानकारी दिए । उनले डोजर चालक समुदायले देखे जानेकै उपस्थित गराउने र लाइसेन्सको बिषयमा आफुहरु गम्भिर भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend