साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी जेठ ३१ ।
श्री पशुपति निम्न माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मीमा गर्ल्स क्लवको गठन कार्य सम्पन्न भएको छ । युनाइटेड वर्ल्ड स्कुल्स नेपालको पहलमा विद्यालयमा अध्ययनरत छात्राहरुको क्लव गठन गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा चारदेखि आठसम्म अध्ययनरत किशोरी छात्राहरुको उपस्थितिमा कक्षा आठमा अध्ययनरत छात्रा हसिना राकसकोटिको अध्यक्षतामा ११ सदस्यिय गर्ल्स क्लवको गठन भएको हो ।
जसको उपाध्यक्षमा रेशिका राकसकोटी, सचिव तिर्सना सर्तुङ्गे, सहसचिव गृष्मा पुन, सदस्यहरु सुस्मिता नेपाली, अर्चना सर्तुङ्गे, निर्मला रेश्मी, रेखा सर्तुङ्गे, अस्मिता राकसकोटी, संरक्षक शिक्षक गिता ढकाल रहेको जनाइएको छ । रिक्त एक सदस्य पहिलो बैठकबाट मनोनित गर्ने गरी कार्यक्रम सम्पन्न भएको छ ।
किशोरिहरुलाइ नियमित बैठक मार्फत लैङ्गिक समानता, महिनावरी स्वच्छता, नेतृत्व बिकास भुमिका, राम्रो छुवाइ र नराम्रो छुवाइ जस्ता कुरामा चेतना मुलक शिक्षा दिने गरी गर्ल्स क्लवलाइ सबल बनाउने संरक्षक शिक्षिका गिता ढकालले बताउनु भयो । यस्तै विद्यालयमा एक कार्यक्रमका बिच गत शैक्षिक वर्षमा कक्षा नर्सरीदेखि कक्षा पाँच सम्मका विद्यार्थिलाइ दिवा खाजा अन्तर्गतको निकासा रकम स्वयम् विद्यार्थिलाइ वितरण गरिएको छ ।
सुरुका वर्षमा विद्यालयको निगरानिमा स्थानियलाइ जिम्मा दिई दैनिक रु १५ बराबरको तैयारी नास्ता विद्यालयमै वितरण गरिदै आइएको र खाजा भत्ता मार्फत निकासा हुने रकम स्वयम् नास्ता जिम्मा लिनेलाई भुक्तानी दिने गरिन्थ्यो । तर पछिल्लो समय कोभिड १९ को संक्रमण जोखिम भएपछी सामाजिक दुरि कायम गरी विद्यार्थीलाई खाजा उपलब्ध गराउन असहज भएपछी विद्यार्थीले आफ्नै घरबाट तयारी नास्ता लिएर आउने र नगरबाट निकासा हुने रकम स्वयम् विद्यार्थीलाई वितरण गरिदै आइएको विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बताउनुभयो ।
पहिले प्रती विद्यार्थी दैनिक हाजिरिवापत रु १५ का दरले खाजा भत्ता उपलब्ध भएपनी त्यसपछिका दिनमा भने नगरपालिकाले ७५% मात्र निकासा दिन थालेपछी हाल प्रती दैनिक हाजिरि ११ रुपियाँको सेरोफेरोमा आज गत प्रथम चौमासिकको खाजा वापतको रकम अभिभावकको रोहवरमा ५५७३३ रुपियाँ विद्यार्थीलाई वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरले जानकारी दिनुभयो।
विद्यार्थीलाई दैनिक १५ रुपियाँको खाजा भत्ता रकम उपलब्ध गराउने कार्यक्रम सरकारले घोषणा गरेपनी स्थानिय सरकारले २५% रकम उपलब्ध नगराउनु र १५ को सट्टा ११ रुपियाँको दरले भुक्तानी पाउँदा अचम्म लागेको अभिभावकले प्रतिक्रिया दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend