logo
  • आइतबार, असोज ११ २०८३

अनियमित लोडसेडिङले व्यवसाय धरासायी भएको होटल व्यवसायीको गुनासो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल जेठ ३१ ।
नेपाल विद्युत प्राधिकरणको गैर जिम्मेवारी पनाले व्यवसाय धरासायी भएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझएको छ । संघले अध्यक्ष रामप्रसाद गौतमले कोभिड महामारीले थलापरेको व्यवसायमा पछिलो केही महिनादेखि तङ्ग्रिन थालेको अवस्थामा फेरि अनियमित रुपमा विद्युत आपूर्तीले पेशा व्यवसाय धरासायी हुने अवस्थामा आएको बताउनु भन्दै संघको गम्भिर ध्यानकर्षण भएको बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पटक पटक विद्युत आपूर्ति बन्द हुँदा समस्या भएको भन्दै बुटवल विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको छ ।

पेट्रोलियम पदार्थको आकासिदो मुल्यवद्धिले जेनेरेटर संचालनमा समेत कठिन भएकोले नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण विना जानकारी लोड सेडिङ सरह पटकपटक लाईन जाने गरेकाले व्यवसायमा निक्कै समस्या उत्पन भएको तफ प्राधिकरण गम्भिर हुन भन्दै ज्ञापन पत्र बुझाएको संंघ अध्यक्ष गौतमले बताउनु भयो ।

सोअवसरमा बुटवल उपमहानगरपालिका नगर उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले विद्युत आपूर्ति नियमित नहुनुमा कतै विद्युत प्राधिकरण र इन्भटर व्यवसायीको मिलोमतो रहेको हुनसक्ने आशंका व्यक्त गर्दै प्रश्न गर्नुभएको थियो।

ज्ञापनपत्र बुझदै विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले गर्मी बढेसंगै खोला र नदीमा पानीको सतह कम हुँदै जाँदा अहिले विद्युत आपूर्ति नियमती हुन केही समस्या भएको बताउनु भयो ।

व्यवसायी र जनताले आशंका गरेजस्तो लोडसेडिङ फेरि सुरु हुने भन्दा पनिअब पानी पर्ने बित्तिकै यी सबै समस्या समाधान हुने बताउनु भयो । ज्ञानपन पत्र बुझाउने कार्यक्रममा बुटवलका होटल व्यवसायी र जनप्रधिनिधी हरुको सभगिता थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend