logo
  • आइतबार, असोज ११ २०८३

जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २६ ।
गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका –२ अर्मजाका हरी रायमाझीका छोरा १४ बर्षिय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो ।

रायमाझी बिहान ९ः३० बजेको समयमा घरबाट पिपलकारुख दिदीको घर जाने क्रममा धारापानीमा माथिबाट जेसिबीले फालेको ढुंगाले लागेको थियो । प्राथमिक उपचारको लागि बडागाउँ स्वास्थ्य चौकीमा लगेपनि स्वास्थ्य चौकीले थप उपचारको लागि गुल्मी अस्पताल, तम्घास पठाएको थियो । तर अस्पताल नल्याउँदै बाटोमै गगनको ज्यान गएको थियो । मृतक गगन मुसिकोट नगरपालिका –३ स्थित पृथ्वी माध्यमिक विद्यालयमा कक्षा नौ का विद्यार्थी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend