साझा नेटवर्क
अनिश शर्मा गेरे, गुल्मी भदौ ३०।
त्रिभुवन उमाबि कुर्घा भुवाचिदीमा रहेको सामान्य प्राथमिक उपचार सम्बन्धी बिशेष प्रशिक्षण सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल तथा स्काउटका बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्रथामीक उपचारको बिषयमा कुर्घा उपस्वास्थ्य चौकीका प्रमुख पुष्कर गौतमले प्रशिक्षण दिनुभएको थियो भने रेडक्रस सर्कलका शिक्षक सहनायक निलम कुमार शर्माले रेडक्रसको पृष्ठभुमी, यसका सिद्धान्त लगायतको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्राचार्य तथा रेडक्रसका संरक्षण राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । उपस्थित सहभागीहरुले आफुहरुलाई धेरै सहयोग पुगेको बताएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend