logo
  • शनिबार, असोज १० २०८३

घाँस काट्ने क्रममा लडेर पत्रकारको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल
गुल्मी, २५ जेठ ।
गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी ३४ वर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटको लागि पाँच दिनअघि घर आएका थिए । पोखरेलले विगत लामो समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend