logo
  • शनिबार, असोज १० २०८३

यु डब्लु एस नेपालद्वारा एक विद्यार्थी एक बिरुवा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई, गुल्मी जेठ २२।
विश्व वातावरण दिवसको अवसरमा युनाइटेड वर्ल्ड स्कुल्स नेपालको आयोजनामा साझेदारिमा संचालित विभिन्न विद्यालय क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । यु डब्लु एस नेपाल, जिल्ला वन कार्यालय र सम्बन्धित विद्यालय सङ्गको समन्वयमा विद्यालय क्षेत्रमा धुपी सल्ला, सुनकाउली, लप्सी, लिची लगाएतका बिरुवाहरु लगाइएको हो ।
यु डब्लु एस नेपालसङ्ग आवद्ध गुल्मी जिल्लाका विद्यालयहरु पशुपति निमावि मुसिकोट ४ बडागाउ १२७ सिद्ध प्रावि मालिका छापाहिले २१० साउनेथुम निम्न मावि रेसुङ्गा नगरपालिका साउने थुम १६४ ठुलिचौर प्रावि मालिका ११० रामपोखरी प्रावि धुर्कोट वाग्ला ९१ देविस्थान प्रावि धुर्कोट जैसिथोक ९९ खन्युखर्क आधारभुत विद्यालय मदाने सिर्सेनी १४९ बुल्म आधारभुत विद्यालय इस्मा १११ बरारुख आधारभुत विद्यालय मालिका १९३ पालुखा मावि इस्मा ३७१ सिद्देश्वरी प्रावि मालिका मर्भुङ्ग ८३ पन्चमि पोखरी प्रावि मदाने १४० मालारानी प्रावि मुसिकोट नगरपालिका ५० गरि झन्डै १९०० बिरुवाको माग भए बमोजिम प्रत्यक विद्यालयमा एक विद्यार्थि एक बिरुवा नारा सहित बृक्षारोपण कार्यक्रम आयोजना गरिएको यु डब्लु एस नेपाल गुल्मी शाखाले जनाएको छ ।

बृक्षारोपण कार्यक्रममा यु डब्लु एस प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफ, समाजसेवी, जनप्रतिनिधी, विद्यार्थि, अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको बृक्षारोपण कार्यक्रममा सहभागी विद्यालयले जनाएका छ्न । गुणस्तरीय शिक्षाको लागि विद्यालय भित्रको वातावरणसङ्गै बाह्य वातावरण पनि स्वच्छ र स्वस्थ हुनुपर्ने मान्यता अनुरुप बिद्यालय क्षेत्रमा एक विद्यार्थी एक बिरुवा कार्यक्रम आयोजना गरिएको यु डब्लु एस नेपाल गुल्मी शाखा शिक्षा बिभाग प्रमुख अनुज सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रमको शिलशिलामा पशुपती निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा पनि बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वार्ड नं ४ का वडाध्यक्ष जुक्त बहादुर छन्तेलले धुपी सल्लाको बिरुवा लगाएर बृक्षारोपण कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

त्यस्तै विद्यालय ब्यवस्थापन समिती अध्यक्ष वालकृष्ण पुन, शिक्षक अभिभावक संघ अध्यक्ष थमन बहादुर गहा, समाजसेवी तथा पुर्व प्रधानाध्यापक हरि प्रसाद छन्तेल, प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी, अकलादेवी मन्दिर ब्यवस्थापन समिती अध्यक्ष गान बहादुर गाहा, विद्यालयका शिक्षक स्टाफ, विद्यार्थिहरु सहभागी थिए ।

विश्व वातावरण दिवसको अवसरमा विद्यालयका शिक्षक स्टाफ र विद्यार्थिद्वारा विद्यालय क्षेत्रको सरसफाइ गरि बाल कक्षामा श्रब्य दृश्य सामग्रीको रुपमा नयाँ टेलिभिजन जडान गरिएको बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend