logo
  • शुक्रबार, असोज ९ २०८३

नगरपालिकाले थाल्यो घरहरुका छतको पाइप काट्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

nagarpalikaअनिल खत्री, गुल्मी भदौ ३०।
रेसुङ्गा नगरपालिका तम्घास गुल्मीले सदरमुकाम तम्घासमा रहेका घरहरुको छतको पानी व्यवस्थित गर्न पाइप काट्न सुरु गरेको छ । बजार क्षेत्रमा रहेका घरहरुबाट छतको पानी अव्यवस्थित रुपमा सड्कमा फाल्ने गरेका घरहरुको पाइप काट्न सुरु गरेको रेसुङ्गा नगरपालिका गुल्मीका कार्यकारि प्रमुख बावुराम पल्लीले जानकारी दिनुभयो ।

सदरमुकाम तम्घासलाई सुन्दर सफा स्वच्छ राख्न तथा सड्कमा हिडनेहरुलाई पनि छतबाट खसेको पानीले हिडनलाई असजिलो भएको जनगुनासो वढेकोले गत एक हप्ता अघि रेसुङ्गा नगरपालिकाले छतको पानी सड्कमा नफाल्न तथा व्यवस्थित गर्न आग्रह गरेको थियो ।

नगरपालिकाले पटक–पटक आग्रह गर्दा पनि अन्तिम पटक दिएको एक हप्ता बितिसक्दा पनि कसैले पनि उक्त कार्य नगरेको पाइएकोले नगरपालिकाले जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र प्रहरीको सहयोगमा बजारका सड्क पेटीमा रहेका सामानहरु हटाउने तथा घरको छतको पानी सड्कमा फाल्नेहरुको पाइप काट्न सुरु गरेको कार्यकारी प्रमुख पल्लीले जानकारी दिनुभयो ।

नगरपालिकाको सक्रियतामा बिहिवार तम्घासको वसपार्क, पुरानो बजार हुदै पुतली बजार सम्मका घरहरुको छतको पानी सड्कमा फालेका घरहरुको केहिको पाइप काटनुका साथै केहिलाई तुरुन्त आफैले व्यवस्थित गर्न सुझाव दिएको पल्लीले बताउनु भयो । पहिलोचरण बिहिवारबाट सुरु गरेको अभियान तम्घास बजारका सबैठाउमा गरिदै जाने उहाँले बताउनु भयो ।

अनुगमनमा रेसुङ्गा नगरपालिका कार्यकारी प्रमुख बावुराम पल्ली, जिल्ला प्रशासन गुल्मीका नासु तुल्सी न्यौपाने, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष इश्वरी पौडेल, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्री, प्रहरी नरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend