साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ ११ ।
गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्र न्युनतम २० युनिट सम्मको विधुत खपतको शुल्क पालिकाले नै बेहोर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र अधिकाश घरधुरि गरिबीको रेखामुनि रहेको कारण उनिहरुलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र ७ वटै वडाका वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिको उपस्थीतिमा बुधवार बसेको पहिलो कार्यपलिका बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै पहिलो बैठकबाट पालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवति महिलालाई अन्यत्र अस्पताल लैजान परेमा सम्पुर्ण यातायात खर्च पनि पालिकाले बेहोर्ने भएको छ । सुविधा सम्पन्न बर्थिङ सेन्टर अभावको कारण यस्तो निर्णय गरिएको हो ।
बैठकमा पालिका भित्रका अन्य समस्याहरु पहिचान गरि समाधान तर्फ कसरी लाग्ने र जनताको चाहाना अनुरुप काम गर्ने भन्ने बारेमा महत्वपुर्ण निर्णय पनि गरिएको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङका वडा अध्यक्ष शुसिल चन्दले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend